काठमाडौं : वाग्मती प्रदेशको नुवाकोटमा अहिले भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गरि पछिल्लो ३ घण्टामा नुवाकोटको बेत्रावती आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जनाएको हो।
सो क्षेत्रमा थप वर्षा हुने पुर्वानुमान रहेकोले त्यसक्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने जनाइएको छ। यस्तै, कमजोर र भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।