PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

नेपालको राजनीतिक अवस्थाबारे सिटौलाको चेतावनी : यस्तै हुने हो भने २०५८ का दिनहरु आउन्न भन्न सकिन्नँ



पहिलोपोस्ट

नेपालको राजनीतिक अवस्थाबारे सिटौलाको चेतावनी : यस्तै हुने हो भने २०५८ का दिनहरु आउन्न भन्न सकिन्नँ

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको अहिलेको राजनीतिक अवस्था ठीक नभएको बताएका छन्। नेपाल ट्रेड युनियनको सातौ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटौलाले अहिलेको यस्तै भइरहने हो भने ५८ सालको अवस्थातिर पुग्ने चेतावनीसमेत दिए।  

'नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने आजको हाम्रो अवस्था पनि यस्तै तरिकाले चलाइरहने हो भने,' सिटौलाले भने, 'हामीले सोचेको गन्तव्यतिर पुग्ने हैन झन्डै ५८ साल र ५९ सालको प्रारम्भको दिनहरु दिनहरु आउँदैन भन्न सकिँदैन।'

निर्वाचनयता पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका सिटौलाले देशलाई व्यवस्थापन दिनुपर्नेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell