PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कांग्रेस नेता सिटौलाले गरे संसद विघटनको संकेत!



पहिलोपोस्ट

कांग्रेस नेता सिटौलाले गरे संसद विघटनको संकेत!

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको अहिलेको राजनीतिक अवस्था ठीक नभएको बताएका छन्। नेपाल ट्रेड युनियनको सातौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटौलाले अहिलेको यस्तै भइरहने हो भने ५८ सालको अवस्था र ५९ सालको प्रारम्भको दिनहरुमा पुग्ने चेतावनीसमेत दिए। 'नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने आजको हाम्रो अवस्था पनि यस्तै तरिकाले चलाइरहने हो भने,' सिटौलाले भने, 'हामीले सोचेको गन्तव्यतिर पुग्ने हैन झन्डै ५८ साल र ५९ सालको प्रारम्भको दिनहरु दिनहरु आउँदैन भन्न सकिँदैन।'

२०५९ को प्रारम्भमा तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद विघटन गरेका थिए। २०५९ जेठ ८ गते विघटन भएको संसद पुन:स्थापनाका लागि दलहरुले लामो समय संघर्ष गर्नुपरेको थियो। १९ दिनसम्म चलेको आन्दोलनपछि ०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो। निर्वाचनयता पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका सिटौलाले देशलाई व्यवस्थापन दिनुपर्नेसमेत बताए। 'नेपाली कांग्रेसले यो देशलाई व्यवस्थापन दिनुछ,' सिटौलाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell