PahiloPost

Jun 25, 2024 | १२ असार २०८१

नेपाली पुस्तकलाई भारत लैजाने क्रममा सीमामा कडाइ नगर्न कूूलपति राईको आग्रह



पहिलोपोस्ट

नेपाली पुस्तकलाई भारत लैजाने क्रममा सीमामा कडाइ नगर्न कूूलपति राईको आग्रह

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले नेपालमा प्रकाशित पुस्तक भारत लैजाने क्रममा सीमामा कडाइ हुने गुनासो आएको भन्दै समस्या सम्बोधनका लागि पहल गर्न नेपालस्थित भारतीय राजदूतावासको ध्यानाकर्षण गराएका छन्।

नेपाल-भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौंमा आयोजित ‘पुस्तक विमोचन एवं परिचर्चा’ कार्यक्रममा कूलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकमा दुवै देशका पाठकको सहज पहुँच पुर्‍याउन सके पुस्तकको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका हुन्।

सो अवसरमा उनले डा श्वेता दीप्तिद्वारा लिखित ‘साहित्य शोध समिधा’ र डा रामदयाल राकेशद्वारा नेपालीबाट हिन्दी भाषामा अनुदित ‘समकालीन नेपाली कविताएँ’ शीर्षकका दुई पुस्तक विमोचन गरेका थिए।

दुवै पुस्तकहरू दुई देशबिच भाषिक, साहित्यिक, सांस्कृतिक एवं कलाको आदानप्रदानमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले दुई देशबिचको सम्बन्धलाई भाषा, साहित्य, कला र संस्कृतिमार्फत थप सुदृढ पार्न भारतीय दूतावासले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell