PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

राजभण्डारी दम्पतीको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर



पहिलोपोस्ट

राजभण्डारी दम्पतीको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले आरोपी राजभण्डारीविरुद्ध तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँ बराबरको बिगो कायम गरि आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए।

विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारीले २०७९ भदौ ३१ गते सेवाबाट अवकाश पाएका थिए।

आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उनको श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, शेयर बिक्रीबाट प्राप्त आय गरि तीन करोड ८५ लाख ५१ हजार सात सय ४० रुपैयाँ बराबर रहेको छ।

सो अवधिमा राजभण्डारीले सात करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। त्यसमध्ये तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रुपैयाँ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले जनाएको छ।

 सिँचाइ विभागका महानिर्देशकसमेत रहेका राजभण्डारीले सार्वजनिक पदको दुरुपयोग गरि गैरकानुनी रुपमा आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्ति श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको अख्तियारको दाबी छ।

आरोपी राजभण्डारी र उनकी श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell