PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

ओलीलाई नतर्सन माधव नेपालको आग्रह : एमालेसँग मुकाबिला गर्न मोर्चा बनाएका होइनौं



पहिलोपोस्ट

ओलीलाई नतर्सन माधव नेपालको आग्रह : एमालेसँग मुकाबिला गर्न मोर्चा बनाएका होइनौं

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सजिलैसँग समाजवादी मोर्चा नेपालको नबनेको बताएका छन्। मोर्चा घोषणा कार्यक्रममा नेपालले धेरै छलफल गरेर बनेको बताए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको बताए। 'केही दिनअघि ओलीले मोर्चा कांग्रेसलाई तर्साउन बनाएको आरोप लगाएको बताएका थिए। 'कुनै पार्टीलाई घुर्काउन बनाएका होइनौं, ढुक्क हुनुस्,' उनले भने।

उनले पहिलो पटक मोर्चा नबनाएको बताए। उनले ४८ सालमा र ६२/६३ को आन्दोलनमा पनि मोर्चा बनाएको बताए। 'नेपालले गणतन्त्रलाई लिएर जाने आँट गरेका थियौं। २ वटै मोर्चाको अनुभव सकारात्मक रहे,' उनले भने। उनले ओलीलाई तर्साउन मोर्चा नबनाएको भन्दै सहकार्यका लागि प्रस्ताव गरे,' आउनुस्, हातेमालो गरौं। हामी कसैसँग मुकाबिला गर्न चाहदैनौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell