PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

सी र ब्लिन्केनबिच बेइजिङमा भयो आधा घण्टा लामो छलफल



पहिलोपोस्ट

सी र ब्लिन्केनबिच बेइजिङमा भयो आधा घण्टा लामो छलफल

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबिच बेइजिङ भेटवार्ता भएको छ।  सोमबार ग्रेट हल अफ द पिपुलमा सीले ब्लिन्केनसँग भेटवार्ता गरेका हुन्।

भेटमा सीले  आफ्नो स्थिति स्पष्ट पारेको र चिनियाँ संचारमाध्यमले जनाएको छ। 

'हामी (चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति जो बाइडेन) ले बालीमा गरेको साझा समझदारीलाई पालना गर्न दुवै पक्ष सहमत हुनुपर्छ,' सीले भनेका थिए।

यस्तै, उनले विदेशमन्त्री ब्लिन्केनको चीन भ्रमणबाट दुई देशबिचको सम्बन्ध स्थिर बन्न सकारात्मक योगदान रहनेमा आफू आशावादी रहेको समेत बताए। 

ब्लिन्केन र राष्ट्रपति सीबिच करिब आधा घण्टा लामो वार्ता भएको थियो। हङकङ, ताइवान, रसिया-युक्रेन युद्ध लगायतका विषयमा यी दुई ठूला अर्थतन्त्र भएका मुलुकबिच बिग्रिरहेको अवस्थामा ब्लिन्केन चीन पुगेका हुने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell