PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

करण जोहरको 'टिपिकल' फिल्म हो 'रकी और रानीकी प्रेम कहानी'



पहिलोपोस्ट

करण जोहरको 'टिपिकल' फिल्म हो 'रकी और रानीकी प्रेम कहानी'

करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को टिजर भोलि रिलिज हुने भएको छ। यो फिल्मलाई जोहरले निर्देशन र निर्माण गर्ने ‘टिपिकल’ फिल्मको संज्ञा दिइएको छ।

जोहरले हाल पहिला जस्तै फिल्महरु बनाइरहेका छैनन्। यो फिल्मले भने कभी खुशी कभी गमको ‘नोस्टालजिया’ फिर्ता ल्‍याउने अनुमान गरिएको छ। यो फिल्ममा रणवीर सिंह र आलिया भट्टको मुख्य अभिनय रहेको छ। फिल्ममा धर्मेन्द्र, जया बच्चन, शबाना आजमी, रोनित रोय लगायतका कलाकारको पनि अभिनय रहेको छ।

जोहरको निर्देशनमा बनेको यो फिल्म धर्मा प्रोडक्सन्स् र भियाकम १८ ले निर्माण गरेको हो।  जुलाई २८ मा यो फिल्म रिलिज गर्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell