PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संखुवासभाको नुम र आसपास क्षेत्रमा अति भारी वर्षा, बाढी पहिरो आउन सक्ने भन्दै ‍सतर्क रहन आह्‍वान



पहिलोपोस्ट

संखुवासभाको नुम र आसपास क्षेत्रमा अति भारी वर्षा, बाढी पहिरो आउन सक्ने भन्दै ‍सतर्क रहन आह्‍वान

काठमाडौं : कोशी प्रदेशको संखुवासभाको केही स्थानमा अहिले भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार राति १० बजे जारी गरेको सूचना अनुसार राति ९ बजे यता संखुवासभाको नुम र आसपासको क्षेत्रमा अति भारी वर्षा मापन भएको जनाएको हो।  

थप वर्षा हुने पूर्वानुमान रहेकोले सो क्षेत्र भइ बहने स-साना नदीहरू (नेगुवा खोला, नुमकुला खोला तथा अरुण नदी) मा आकस्मिक बहाव आउन सक्ने चेतावनी विभागले दिएको छ। यस्तै, कमजोर र भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

बाढी तथा पहिरामा परी संखुवासभामा एकजनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell