PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विवादित ‘आदिपुरुष’ सोमवारबाट ‘क्र्याश’, फ्लपको बाटोमा महँगो फिल्म



पहिलोपोस्ट

विवादित ‘आदिपुरुष’ सोमवारबाट ‘क्र्याश’, फ्लपको बाटोमा महँगो फिल्म
Photo: Indian Express

ओम राउत निर्देशित ‘आदिपुरुष’ भारतसँगै नेपालमा पनि चर्चामा छ। नकरात्मक नै सही यस फिल्म समाचारका हेडलाइनमा छाएको छ।

सीतालाई ‘भारतकी छोरी’ भनियो भन्दै नेपालमा विवादित बनेको यो फिल्म भारतमा बक्स अफिसको नम्बरका कारण अहिले चर्चामा छ। राम्रो ओपनिङ गरेको प्रभास, क्रिति सेनन र सेफ अली खान स्टारर यो फिल्म सोमवार ‘क्र्याश’ भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

रामायणमा आधारित ‘आदिपुरुष’ २०२३ को प्रतिक्षित फिल्म थियो। फिल्म रिलिज हुँदा भारतमा यसले दर्शक र क्रिटिकहरुबाट मिश्रित प्रतिक्रिया पाएको थियो भने फिल्ममा प्रयोग भएका संवादहरु र रामायणको ‘बिना आत्मा’को कथा बनाएको भन्दै निर्माताहरुको चर्को आलोचना पनि भएको थियो।

यसैकारण पनि ‘आदिपुरुष’ चौथो दिन (सोमवार)मा आएर ‘क्याश’ भएको छ। सोमवार यसले २०/२२ करोड (अनुमानित) मात्रै कमाएको छ, जुन आइतवारको कमाइ ६९ करोड भन्दा निकै कम हो।

नकारात्मक ‘माउथ पब्लिसिटी’को नतिजा फिल्मको कमाइमा देखिएको तरन आदर्शको भनाइ छ।

 

अघिल्लो दिनको तुलनामा सोमवारको कमाइ ६८ देखि ७१ प्रतिशतले घटेको देखिन्छ। जुन फिल्मको बक्स अफिस यात्राको लागि चिन्ताजनक संकेत हो।

सोमवारको कमाइसहित भारतीय बक्स अफिसमा फिल्मले २४४ देखि २४६ करोड नेट (सबै भाषाहरूको) कमाएको छ।

नेपालका अधिकांश हलहरुमा सोमवार ‘आदिपुरुष’ प्रदर्शन भएन। काठमाडौं, पोखरालगायत पालिकाले फिल्ममा प्रयोग भएका आपत्तिजनक शब्द नहटाएसम्म ‘आदिपुरुष’सँगै कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने घोषणा नै गरे।

सीतालाई ‘भारतकी छोरी’ भन्ने संवाद रहेको भन्दै नेपालमा फिल्म विवादित बनेको हो। यद्यपि, फिल्ममा भारतकी छोरीका रुपमा सीताबारे भनिएको छैन। नेपालको सेन्सर बोर्डले भारतीय हो कि भन्ने आशंका आउने शब्द समेत हटाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell