काठमाडौँ: नेपालले अमेरिकाविरुद्ध टस जितेर बलिङ रोजेको छ। विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलका लागि नेपाली कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्।
यसअघि नेपालले जिम्बावेसँग खेलेको थियो। त्यस्तै अमेरिकाले वेस्टइण्डिजसँग खेलेको थियो। दुबै टोली पछिल्ला खेलमा पराजित भएका थिए।
आजको खेलमा जिम्बावेसँगको प्लेइङ ११ मा भन्दा एउटा परिवर्तन भएको छ। उक्त खेलमा चोट बोकेर बाहिरिएका सोमपाल कामीको स्थानमा ललित राजवंशीले स्थान बनाएका छन्।
अमेरिका र नेपालबीचका पछिल्ला पाँच खेलको नतिजालाई हेर्दा यही टोलि बलियो भन्ने अवस्था छैन। पछिल्ला पाँच एकदिवसीयमा अमेरिका र नेपाल दुबै टोलीले दुईदुईवटा खेल जित्दा एउटा खेल टाइ भएको थियो।
नेपाल आफ्ना पछिल्ला पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्येमा एउटामा मात्र पराजित छ। अर्कोतर्फ अमेरिकाले तीनवटामा जित र एउटामा हार ब्यहोरेको छ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने
*यसअघि समाचारको हेडलाइनमा ‘नेपालले टस जितेर अमेरिकालाई दियो ब्याटिङको निम्तो’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।