PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

शिल्पी थिएटरमा ‘मधेसतिर:१९९८’ मञ्चन हुने



पहिलोपोस्ट

शिल्पी थिएटरमा ‘मधेसतिर:१९९८’ मञ्चन हुने

काठमाडौं : बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असार ९ गते ‘मधेसतिर:१९९८’ मञ्चन हुने भएको छ। शिल्पी थिएटरका एक वर्षे थिएटर डिप्लोमा कोर्सका कलाकारहरुले तयार पारेको नाटक विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित छ।

यस नाटकमा ज्याक सेभेन्टिनको नाट्य रुपान्तरण र निर्देशन रहेको छ। विश्वेश्वप्रसाद कोइरालाको कथा ‘दोषी चश्मा’ भित्रको एक भागलाई नाटक बनाएको निर्देशक ज्याकले जानकारी दिए।

‘पहिले नै विपीको कथा दोषी चश्मा पढेको थिएँ। त्यसभित्रको मधेसतिर भन्ने भाग निकै मन परेको थियो। जसकारण त्यही दोषी चश्मालाई एक भागलाई नै नाटक बनाउने सोच आयो,’ उनले भने।

असार ९ गते साँझ ५:३० बजे यस नाटकको एक शो मात्रै मञ्चन हुनेछ। नाटकमा सुमीत भण्डारी, संगीता उराँव, रवीन परियार, हिमाल भुजेल र धनराज सुनारले अभिनय छ।

 ‍



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell