PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

ताप्लेजुङमा पहिरोले घर पुरियो, एकजना गम्भीर घाइते



पहिलोपोस्ट

ताप्लेजुङमा पहिरोले घर पुरियो, एकजना गम्भीर घाइते
FILE PHOTO

काठमाडौं : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ। पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो। उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए।

पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए।

यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन्। बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी घाइते भएका हुन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कँडेलले बताए।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। उनीहरु अधिकांश स्थानीय निलगीरि माध्यमिक विद्यालयमा बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell