PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

अमेरिकी ब्याट्सम्यानलाई नेपाली बलरले दिए 'टफ कम्पिटिसन', करण एक्लैले लिए ४ विकेट



पहिलोपोस्ट

अमेरिकी ब्याट्सम्यानलाई नेपाली बलरले दिए 'टफ कम्पिटिसन', करण एक्लैले लिए ४ विकेट
तस्विर :आइसीसी

काठमाडौं : क्रिकेट विश्वकप छनोटमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। करण केसी एक्लैले ४ विकेट लिँदा अमेरिकाको शीर्षक्रम धराशायी भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले खराब सुरुवात गर्‍यो। १.५ र १.६ ओभरमा नेपालका करण केसीले लगातार दुई विकेट लिँदै अमेरिकालाई दबाबमा पुर्‍याए। पहिलो विकेटका रुपमा ४ रन बनाएका स्टेभेन टेलरलाई एलबीडब्लू आउट गराए। दोस्रो विकेट शून्य रनमै साइतेजा मुक्कामल्ला आरिफ शेखको बलमा क्याचआउट भए।

त्यसपछि आएका कप्तान आरोन जोन्स पनि टिक्न सकेनन्। ७.५ ओभरमा करण केसीले नै कुशल भुर्तेलबाट क्याचआउट गराए।

चौथो विकेट करण केसीले ९.२ ओभरमा लिए। उनले नोस्टहस केन्जीगेलाई आरिफ शेखको हातबाट क्याचआउट गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell