PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

वीरगंजमा गहवामाईको रथ यात्रा सम्पन्न, भोलि ५६ भोगको प्रसाद चढाइने



पहिलोपोस्ट

वीरगंजमा गहवामाईको रथ यात्रा सम्पन्न, भोलि ५६ भोगको प्रसाद चढाइने

वीरगंज : गहवामाईको नयाँ संरचना एवं आधुनिक मन्दिर निर्माण भएको ११ वर्ष पूरा भएको अवसर पारी वीरगंजमा पहिलोपटक रथयात्रा निकालिएको छ। आज बिहान वीरगंज नगरभित्र रथयात्रा गरिएको हो। शहर परिक्रमा गरि पुन: गहवामाई मन्दिर पुगेर यात्रा सम्पन्न भएको थियो।

रथ यात्राको आयोजक श्रीगहवामाई रथयात्रा समितिका महासचिव लक्ष्मीनारायण गुप्ताले रथयात्राको तयारी एक महीना पहिलेदेखि भएको बताए। भारत एवम् नेपालका १० जना कामदारहरु बिहान ५ बजेदेखि राति ११ बजेसम्म रथ बनाउने काममा जुटेका थिए। रथ निर्माणमा ३६० घनफिट काठ खर्च भएको र काठ, ज्याला- मजदूरी, रङ्रोगन लगायत अन्य सामग्री गरि कूल २० लाख खर्च भएको उनले बताए।

त्यसैगरि रथयात्राको भोलिपल्ट असार ६ गते बिहान ५६ भोगको प्रसाद मन्दिरमा चढाइने एवं साँझ ५ बजे गहवामाई मन्दिर परिसरमा आउने हजारौं श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गर्ने (भण्डारा) चलाउने कार्यक्रम रहेको आयोजक समितिको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell