PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा राखियो पेसमेकर



पहिलोपोस्ट

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा राखियो पेसमेकर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरी 'पेसमेकर' राखिएको छ।

शनिवार त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका पौडेलको मंगलवार अपरेसन गरिएको राष्ट्रपतिको सचिवालयले जनायो।

'उहाँको मुटुमा पेसमेकर राखिएको हो,' राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने।

मुटुको चाल 'मनिटरिङ' गर्न अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको यसअघि अस्पतालले जनाएको थियो। राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे केहीबेरमै अस्पतालले विस्तृत विज्ञप्ति जारी गर्ने राष्ट्रपतिका निजी चिकित्सक डा निरज बमले बताए।

जेठ ३० मामात्र राष्ट्रपति पौडेल छाती दुखेर काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए। अस्पतालमा भर्ना हुनासाथ पौडेलको छातीको एनजिओग्राम गरिएको थियो। भोलिपल्टै जेठ ३१ गते पौडेल अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यसपछि पौडेल पुन अस्पताल भर्ना भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell