काठमाडौं : क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध सानदार सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ औं ओभरको समाप्तीमा २०७ रन बनाएर अलआउट भयो।
अमेरिकाको ब्याटिङलाई धराशाही पार्न करण केसी एक्लैले ४ विकेट लिए। त्यस्तै, गुलसन झाले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट लिए।
टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाले खराब सुरुवात गर्यो। १.५ र १.६ ओभरमा नेपालका करण केसीले लगातार दुई विकेट लिँदै अमेरिकालाई दबाबमा पुर्याए। पहिलो विकेटका रुपमा ४ रन बनाएका स्टेभेन टेलरलाई केसीले एलबीडब्लू आउट गराए। दोस्रो विकेट शुन्य रनमै साइतेजा मुक्कामल्ला आरिफ शेखको बलमा क्याचआउट भए।
त्यसपछि आएका कप्तान आरोन जोन्स पनि टिक्न सकेनन्। ७.५ ओभरमा करण केसीले नै कुशल भुर्तेलबाट क्याचआउट गराए।
चौथो विकेट करण केसीले ९.२ ओभरमा लिए। उनले नोस्टहस केन्जीगेलाई आरिफ शेखको हातबाट क्याचआउट गराए। उनी आउट हुँदा अमेरिकाको स्कोर बोर्डमा ४ विकेट गुमाएर १८ रन बनाएको थियो।
नेपालका लागि पाँचौ विकेट दीपेन्द्रसिंह ऐरीले लिए। उनले २१.३ ओभरमा आरिफ शेखबाट क्याचआउट गराए। त्यस्तै छैटौँ विकेटका रुपमा शुसान्त मोडनी राजवंशीको बलमा बोल्ड आउट भए। सातौं विकेट ३६.४ ओभरमा गुलसन झाले निसर्ग पटेल विकेट किपर आशिफ शेखबाट क्याचआउट गराए।
आठौं विकेट दीपेन्द्रसिंह ऐरीले लिए। उनले ४३.२ ओभरमा जेस्सी सिंहलाई रोहित पौडेलका हातबाट क्याचआउट गराए। नवौं र दशौं विकेट गुलसन झाले लिए। उनले ४८.४ ओभरमा सौरभ नेत्रभाल्करलाई बोल्ड आउट गराउँदा ४८.६ ओभरमा केल फिलिपलाई एलबिडब्लु आउट गराए।
अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक अविजित १०० रन बनाउँदा सुशान्त मोदनीले ४२ तथा गजानन्द सिंहले २६ रन बनाए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।