काठमाडौं : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला एवम् कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र उनकी भाउजुको गाडी दुर्घटनामा मृत्यु भएको छ।
डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ मा आज दुर्घटना भएको थियो। गाडीमा सवार मन्त्री पृथ्वीबहादुरकी श्रीमती ५० वर्षीया अमृता सिंह र भाउजु ६० वर्षीया जयादेवी सिंह मृत्यु भएको हो।
त्यस्तै, मन्त्री पृथ्वीबहादुर सिंहको अवस्था पनि चिन्ताजनक रहेको छ।
' दुई जनाको मृत्यु भएको छ,' जिल्ला प्रशासन कार्यालय बझाङका सहायक सिडिओ सत्य कुमारी जोशीले भनिन्।
दुर्घटनामा तीन जना घाइते भएका छन्।