PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विवादित फिल्म आदिपुरुष 'ब्यान्ड' गर्न मोदीसँग माग, सिने वर्कर्स एसोसिएसन उत्रियो विरोधमा



पहिलोपोस्ट

विवादित फिल्म आदिपुरुष 'ब्यान्ड' गर्न मोदीसँग माग, सिने वर्कर्स एसोसिएसन उत्रियो विरोधमा

हिन्दुहरुको भावनामा असर पारेको भन्दै भारतको अल इन्डियन सिने वर्कर्स एसोसिएसनले फिल्म आदिपुरुषमाथि प्रतिबन्ध लगाउन माग गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै एसोसिएसनले भगवान रामको प्रतिष्ठामाथि आँच पुर्‍याएकाले तत्कालै व्यान गर्नुपर्ने माग गरेको हो। साथै फिल्म निर्देशक ओम राउत र स्क्रिप्ट लेखक मनोज मुन्तासिर शुक्लविरुद्ध कारवाहीको माग समेत गरेको छ। 

नेपालमा यो फिल्म व्यान्ड भइसकेको छ। नेपालमा चाहिँ फिल्मको डायलगमाथि मिसिलिड हुनेगरी काठमाडौं महानगरपालकाका मेयरले फिल्म निषेध गरेका थिए। यही फिल्मका कारण नेपालमा अन्य हिन्दी फिल्म पनि प्रदर्शनबाट बाहिरिएका छन्।

गएको शुक्रवार रिलिज भएको फिल्मले तीन दिन आक्रामक कारोवार गरेको थियो। तर वर्ड अफ माउथ 'नेगेटिभ' हुँदा सोमवार फिल्ममा ७५ प्रतिशत दर्शक घटेका थिए। त्यो क्रम मंगलवार पनि रह्यो।

फिल्म रिलिज भएदेखि नै विवादले घेरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell