PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु



पहिलोपोस्ट

चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु

बुटवल : चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका १० नदवाका ४० वर्षीय विनोद कँहार छन्।

मंगलबार खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागी घाइते भएका उनलाई उपचारका लागि रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए।

कँहार पाल्पाको पुर्वखोला गाउँपालिका ५ विरकोटस्थित विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell