PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय



पहिलोपोस्ट

धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस-सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल-चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनःस्थापनाका लागि संयुक्तरुपमा नेपाली टोली गठन गर्ने निर्णय गरेकोसमेत जानकारी दिइन्।

उनले पूर्वी नेपालमा गएको बाढी पहिरोमा परि विस्थापित भएकाहरुलाई राहत र बेपत्ताहरुको खोजी भइरहेको बताइन्।

शर्माले भनिन्, ‘बाढी पहिरोका कारण अत्यन्त दुःखद् घटना भयो, धेरै मानिस विस्तापित हुने अवस्था आयो। मानवीय र धनजनको क्षति हुने जुन अवस्था बन्यो। त्यसको निम्ति प्रधानमन्त्री पनि घटनास्थल पुग्नुभएको छ, सरकार उद्धार, राहत, पुनःस्थापनामा लागिरहेको छ।’

राहत पुनःस्थापनाभन्दा पनि उद्धारलाई प्रभावकारी बनाउने मुख्य विषय भएको र त्यसको निम्ति प्रधानमन्त्रीले घटनास्थलमै पुगेर निर्देशन दिएको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell