PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

इलन मस्कले भने : म मोदीको फ्यान हुँ



पहिलोपोस्ट

इलन मस्कले भने : म मोदीको फ्यान हुँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिकाको राजकीय भ्रमणमा छन्। त्यसक्रममा उनले अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक इलन मस्कसँग भेट गरेका छन्। सो भेटमा मोदीसँग मस्कले भारतमा टेस्लाको प्लान्ट स्थापना गर्ने योजनाबारे छलफल गरेका थिए।

त्यसक्रकमा इलन मस्कले आफू मोदीको फ्यान भएको बताएका थिए।

‘मलाई मोदी असाध्यै मन पर्छ। यो भेट असाध्यै राम्रो भयो। मोदी हाम्रो फ्याक्ट्रीमा केही वर्षअघि आएका थिए,’मस्कले भने ‘म भारतको भविष्यलाई लिएर असाध्यै उत्साहित छु।’

सन् २०१५ मा मोदीले क्यालिफोर्नियास्थित टेस्ला मोटर्सको फ्याक्ट्री घुमेका थिए। मस्कले भने,‘टेस्ला भारतमा स्थापित हुने कुरामा म ढुक्क छु र यो जतिसक्दो चाँडै हुनेछ।’

इलन मस्कसँगको भेटलाई भारतीय प्रधानमन्त्री मोदीले समेत ट्‍वीट गरेका छन्। उनले अध्यात्मदेखि ऊर्जासम्मका विषयमा दुईबिच कुराकानी भएको लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell