PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विवादित फिल्म आदिपुरुष थप संकटमा, मंगलवार ३६ प्रतिशत गिरावट



पहिलोपोस्ट

विवादित फिल्म आदिपुरुष थप संकटमा, मंगलवार ३६ प्रतिशत गिरावट

रामायणमा आधारित भएर निर्माण भएको भारतीय फिल्म आदिपुरुष बक्स अफिस कलेक्सनमा थप कमजोर सावित भएको छ। अग्रिम बुकिङका कारण पहिलो तीन दिन लगातार ३० करोडभन्दा माथिको कारोवार गरेको फिल्मले सोमवार ७७ प्रतिशत गिरावट बेहोर्‍यो। फिल्मको ओरालो यात्रा मंगलवार थप तीव्र गतिमा बढ्यो। अघिल्लो दिनको तुलनामा ३६ प्रतिशत गिरावट आयो बक्स अफिसमा। 

असाध्यै धेरै हाइपका कारण पहिलो दिन फिल्मले हिन्दीमा ३५ करोड कलेक्सन गरेको थियो। दोस्रो दिन ३३ करोड र तेस्रो दिन हिन्दी भर्सनमा ३४ करोड कलेक्सन गरेको थियो। चौथो दिन सोमवार स्वात्तै घटेर ८ करोडमात्र कलेक्सन गर्‍यो। मंगलवार थप कमजोर बनेको कलेक्सन ५ करोड १५ लाखमा सीमित भएको छ।

यता नेपालमा फिल्ममाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रतिबन्ध लगाइदिए। उनको सिको गर्दै अन्य नगरपालिकामा पनि फिल्म निषेध भयो। फिल्ममा हुँदै नभएको संवादलाई लिएर बालेन साहले प्रतिबन्ध लगाएका थिए। हुँदै नभएको संवाद हटाउनुपर्ने माग सहित बालेन साहले हिन्दी फिल्म नै रोक लगाएका हुन्।

भारतमा  पनि फिल्म सुरुदेखि नै विवादित बनेको थियो। फिल्मका संवाददेखि भीएफएक्सको प्रयोगसम्मका विषयलाई लिएर यसको आलोचना सुरु भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell