
काठमाडौं : सुनचाँदीको मूल्यमा गिरावट छ। अघिल्लो दिनका तुलनामा सुनको कारोबार मूल्य तोलामा ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँ घटेको छ।
बुधबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारका तुलनामा मंगलबार तोलामा २०० रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो।
चाँदी ४५ रुपैयाँ घट्दा प्रतितोला १ हजार ३८५ रुपैयाँ भएको छ। सोमबारका तुलनामा मंगलबार १० रुपैयाँ घटेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।