PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

सेन्सर बोर्डले प्रदर्शन अनुमति नदिएपछि परस्त्रीले 'एडल्ट सर्टिफिकेट' माग्ने



पहिलोपोस्ट

सेन्सर बोर्डले प्रदर्शन अनुमति नदिएपछि परस्त्रीले 'एडल्ट सर्टिफिकेट' माग्ने

काठमाडौं :केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्विकार गरेपछि ‘परस्त्री’ को रिलिज अनिश्चित भएको छ। असार १५ गते प्रदर्शन आउने तय भएको सो फिल्मका केही दृश्यहरुमा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्विकार गरेको हो।

फिल्ममा ‘भल्गर’ र हिसांत्मक दृश्यहरु बढी भएकाले सेन्सर पास हुन नसकेको सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले जानकारी दिए।

‘परस्त्रीमा चुम्बन र बेड सिनका दृश्यहरु लामा छन्। कथाको मर्म नमर्ने गरि हामीले छोटा बनाएर ल्याउन भनेका छौं। साथै फिल्ममा काटमारका हिंसात्मक दृश्यहरुलाई ब्लर गर्न समेत भनेका छौं। उहाँहरुले ती दृश्यहरु सच्याएर ल्याएपछि सेन्सर पास हुन्छ,’उनले भने।

निर्मात्री शर्मिला पाण्डेले पनि चुम्बन र बेड सिनका दृश्यहरु धेरै हुँदा सेन्सर पास नभएको बताइन्।

‘चुम्बन र बेड सिन धेरै भयो भनेर सेन्सर बोर्डले प्रदर्शन अनुमति नदिएको हो। हामी भोलि सेन्सर बोर्डसँग बैठक गर्ने तयारीमा छौं। एडल्ट सर्टिफिकेट दिएर प्रदर्शन अनुमति दिन आग्रह गर्नेछौं,’ उनले भने।

परस्त्रीमार्फत शर्मिलाका छोरा सुरज पाण्डेले निर्देशनमा डेब्यू गरेका हुन। दीपेन्द्र के खनालको लेखन रहेको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell