.jpg)
काठमाडौं : थारू आयोगले सिकलसेल विज्ञ डा. राजन पाण्डेलाई 'थारु रत्न' सम्मान प्रदान गरेको छ। भेरी अस्पताल नेपालगंजमा प्रमुख कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत डा. राजन पाण्डेले थारू समुदायमा जनस्वास्थ्य समस्याकोरुपमा रहेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आयोगले उनलाई थारु रत्नबाट सम्मानित गरेको हो।
आयोगबाट थारु रत्न सम्मान पाउनेमा डा. पाण्डे पहिलो गैरथारु व्यक्ति हुन्। यसअघि आयोगले थारु समुदायका व्यक्तिलाई मात्र थारु रत्नका रुपमा सम्मान गर्ने गरेको थियो।
सिकलसेल एनिमियाको विज्ञ पाण्डेले बिरामीको चेकजाँच र उपचारसँगै उनीहरुको अध्ययन गरि नीतिगत तहबाटै त्यसको दीर्घकालीन समाधानको लागि काम गरिरहेका छन्।
डब्लुएचओ पेन प्लस कार्यक्रममा सिकलसेल विज्ञका रुपमा रहेका डा. पाण्डे रक्तजन्य रोगहरुको नेपाल रणनीतिका मुख्य मस्यौदाकार समेत हुन्। हाल सिकलसेलका बिरामीले उपचार खर्चबापत एक लाख रुपैयाँ पाइरहेका छन्। यसैगरि स्थानीय सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा सिकसलसेल एनिमियालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुमा डा. पाण्डेको महत्वपूर्ण योगदान रहेको भन्दै आयोगले उनलाई सम्मानित गरेको हो।