PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एक्लेफाँटमा ट्रकसँग मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु



पहिलोपोस्ट

एक्लेफाँटमा ट्रकसँग मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका-९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोक घर भई हाल काठमाडौ बूढानीलकण्ठ नगरपालिका-३ बस्ने ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन्। उनलाई आँबुखैरेनी अस्पताल उपचारका लागि पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell