PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

'गुलाबी' अब 'गुन्युचोलो'



पहिलोपोस्ट

'गुलाबी' अब 'गुन्युचोलो'

नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुलाबी’ को शीर्षक परिवर्तन गरिएको छ। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल ‘गुन्युचोलो: कमिङ अफ एज अ गर्ल’ राखिएको जानकारी दिएको हो। 

समुन्द्र भट्टको लेखन र निर्देशन रहेको यो फिल्म पारलैङ्गिकताको कथामा बनेको हो। पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन्।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अमेरिकी कम्पनि भिजिअन इन्टरटेनमेन्टको पनि सहकार्य छ। सहमति अनुसार फिल्मको पोस्टप्रोडक्सनका साथै अन्तरर्राष्ट्रिय प्रदर्शनको जिम्मा लिनेछ। हाल यस फिल्मको हलिउडमा पोस्टप्रोड्क्सनको काम भइरहेको छ।

फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेका छन्। फिल्मको प्रदर्शन मितिको भने टुंगो लाग्न बाँकी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell