काठमाडौं : पहिरो गएपछि नारायणगढ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ।
बुधवार दिउँसो पौन २ बजे चितवनको ईच्छाकामना गाउँपालिका-६ नाम्सीपुलस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सडकमाथिबाट सुक्खा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरीको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने तयारी भइरहेको छ।