PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

बालेनका पछिल्ला कदमलाई 'दुर्भाग्यपूर्ण' भन्दै सल्लाहकारबाट रेशुको राजीनामा



पहिलोपोस्ट

बालेनका पछिल्ला कदमलाई 'दुर्भाग्यपूर्ण' भन्दै सल्लाहकारबाट रेशुको राजीनामा
तस्विर : रेशु अर्यालको फेसबुकबाट

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)की शिक्षा सल्लाहकार रेशु अर्यालले आफ्नो जिम्मेवारी त्याग गरेकी छिन्। नेतृत्त्व तहबाट आफ्नो मूल्य र मान्यताको खिलाफमा गतिविधि भएको आरोप लगाउँदै अर्यालले जिम्मेवारी त्यागेकी हुन्।

१० महिनाअघि मेयर बालेनको सल्लाहकार बनेकी अर्यालले स्वार्थ बाझिएको विषय समेत राजीनामाको कारणमा उल्लेख गरेकी छिन्।

'दुर्भाग्यपूर्ण हिसाबले पछिल्ला दिनमा उन(बालेन)का निर्देशनमा भएका निर्णय तथा अन्य गतिविधिहरु मेरो मूल्य र मान्यताभन्दा नितान्त फरक हुनु तथा म र मेरो परिवारसँग नजिक हुने गरी स्वार्थको द्वन्द्वसमेत देखिएकाले मैले मेरो सल्लाहकार पदबाट राजीनामा दिएको हुँ,' उनले राजीनामाबारे लेखेकी छिन्।

अर्यालले बालेनलाई शुभकामना दिँदै पद त्याग गरेको समेत जनाएकी छिन्। उनले बालेनलाई सबैसँग छलफलमा आधारित भएर लोकतान्त्रिक अभ्यास गर्न बालेनलाई सुझाव दिएको समेत जनाएकी छिन्।

स्थानीय सरकारको कानुनी सीमाभित्र रहन, कुनै पनि घोषणा गर्नुअघि त्यस विषयमाथि विमर्श गर्न र स्वस्थ लोकतान्त्रिक अभ्यास गर्न समेत उनले बालेनलाई सुझाएको जनाएकी छिन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell