PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

ए डिभिजन लिगको उपविजेता मछिन्द्रले एएफसी कप छनोटमा भुटानको पारो एफसीसँग खेल्ने



पहिलोपोस्ट

ए डिभिजन लिगको उपविजेता मछिन्द्रले एएफसी कप छनोटमा भुटानको पारो एफसीसँग खेल्ने

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको उपविजेता मछिन्द्र क्लबले एएफसी कपको छनोटमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ। यो खेल अगस्ट ८ मा हुने एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले जनाएको छ। जसअनुसार मछिन्द्रको खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ। यसमा विजेता हुने टोलीले भारतको मोहन बगान क्लबसँग अगस्ट १५ मा प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्नेछ।

मछिन्द्र क्लबले अघिल्लो सिजन पनि च्याम्पियन बन्दै एएफसी कप खेलेको थियो। जसमा श्रीलंकाको ब्लुस्टारसँग दशरथ रंगशालामा पराजित भएको थियो।

च्याम्पियन चर्च तर मछिन्द्र किन एएफसीमा?

शहीद स्मारक 'ए' डिभिजन लिगमा यो सिजनको च्याम्पियन बन्यो - चर्च ब्वाइज युनाइटेड। उपविजेता मछिन्द्र क्लब। लिग जितेपछिको फस्ट एटेम्प्ट गर्ने माथिल्लो खेल हो, एएफसीमा छनोट खेल। लिग च्याम्पियन स्वत: छनोट खेलमा भिड्न पाउँछन्।

तर, यसपटकको च्याम्पियन बनेको चर्च ब्वाइज भने यो अवसरबाट बञ्चित हुने भएको छ। उसको साटो प्रतियोगितामा लिग उपविजेता बनेको मछिन्द्रले नै सहभागिता जनाउँदै छ।

अघिल्लो सिजन लिग च्याम्पियन बनेको मछिन्द्रले श्रीलंकाको ब्लुस्टारसँग काठमाडौँमा खेलेको थियो। तर, पहिलो खेलमै पराजित हुन पुग्दा मछिन्द्र घरेलु मैदानबाटै बाहिरिएको थियो।

त्यसभन्दा अघिको सिजन त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोट खेलेको थियो। उक्त खेलमा आर्मीले घरेलु मैदानमा सम्पन्न खेलमा श्रीलंका पुलिसलाई हराएको थियो भने भारतमा बेङ्ग्लुरु एएफसीसँग पराजित भएको थियो। मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी खेल्न जान पाउँदा खुशी लागेको सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

किन गुमाउँदैछ चर्च ब्वाइजले यो अवसर? कारण चर्च ब्वाइजसँग एएफसीको लाइसेन्स नहुनु। एएफसीको प्रतियोगिता खेल्न क्लबलाई एएफसी लाइसेन्स चाहिन्छ। दुई सिजनअघि मछिन्द्र च्याम्पियन बन्दा पनि आर्मीले लिग खेल्नुको कारण त्यही थियो। दोस्रो स्थानको आर्मीसँग लाइसेन्स थियो। शीर्षस्थानको मछिन्द्रसँग लाइसेन्स थिएन। अहिले ठ्याक्कै उस्तै भएको छ। दोस्रो स्थानको मछिन्द्रसँग लाइसेन्स छ, शीर्षस्थानको चर्च ब्वाइजसँग छैन। यसपाला जम्मा तीनवटा क्लबसँग लाइसेन्स छ। मछिन्द्र, आर्मी र एपीएफ। त्यसमा मछिन्द्र सबैभन्दा शीर्षस्थानमा छ। एएफसीले लाइसेन्स भएका क्लबमध्ये शीर्ष टोलीलाई छनोट खेलमा भिड्ने मौका दिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell