
काठमाडौं : साफ च्याम्पियनसिपको उद्घाटन खेलको पहिलो हाफमा नेपाल दुई गोलले पछि परेको छ। भारतको श्री कान्तिरभा स्टेडियममा जारी खेलमा नेपाल कुवेतसँग दुई गोलले पछि परेको हो।
खेलको २३ औँ मिनेटमा कप्तान खलिद हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाए। त्यसअघि पेनाल्टी क्षेत्रभित्र पाएको राम्रो अवसरमा नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो।
खेलको ४१ औँ मिनेटमा डिफेन्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङलाई छलाउँदै शबाइब अलखल्दीले गोल थपे। डिफेन्सिभ खेलेर काउन्ट अट्याक गर्ने रणनीतिमा देखिएको नेपालले पहिलो हाफमा प्रभावशाली अवसर बनाउन सकेन।