काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीवार आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ।
बैठक बिहीवार दिउँसो २ बजेका लागि बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ।
सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ। रासस