PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

ह्‍वाइट हाउसमा मोदी, बाइडेनले आयोजना गरे विशेष डिनर



पहिलोपोस्ट

ह्‍वाइट हाउसमा मोदी, बाइडेनले आयोजना गरे विशेष डिनर
Photo : Reuters

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको छ। अमेरिका भ्रमणमा रहेका मोदी र बायडेनबिच आज ह्‍वाइट हाउसमा भेट भएको हो।

ह्वाइट हाउसमै मोदीका लागि विशेष डिनर आयोजना गरिएको थियो। आज भने मोदीका लागि 'स्टेट डिनर'को कार्यक्रम आयोजना गरिँदैछ।

दुई नेताबिच विभिन्न विषय छलफल भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

भेटका क्रममा बाइडेनले मोदीलाई २० औं शताब्दीमा बनेको अमेरिकन बुक ग्याली उपहार दिएका थिए। यस्तै, भिन्टेज अमेरिकी क्यामरा पनि मोदीलाई दिइएको थियो। मोदीले भने बाइडेनलाई 'स्यान्डलउड बक्स' दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell