PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

काठमाडौं र भक्तपुरमा 'बबिताजी'को घुमफिर



पहिलोपोस्ट

काठमाडौं र भक्तपुरमा 'बबिताजी'को घुमफिर

काठमाडौं : तारक मेहताका उल्टा चश्मामा 'बबिता जी' को भूमिका निर्वाह गर्ने मुनमुन दत्त अहिले नेपालमा छिन्।

इन्स्टाग्राममा उनले काठमाडौंको पशुपति, बौद्ध, काठमाडौ दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र घुमेरको तस्विर सेयर गरेकी छिन्।

तारक मेहताको सुरुवाती दिन देखि नै उनी यो सिरियलसँग आबद्ध छिन्।

अर्कोपटक नेपाल आउँदा आमालाई सँगै लिएर आउने र पशुपतिनाथ मन्दिरको दर्शन गराउने उनले बताएकी छिन्। काठमाडौं र भक्तपुरको भ्रमणका क्रममा उनलाई नेपाली दर्शकले पहिचान गरेको उनले आफ्नो स्टोरीमार्फत जानकारी दिएकी छिन्। तर, धेरेजसो ठाउँमा अनुहार नचिनिने गरि आफू हिँडेको उनले बताएकी छिन्। अर्कोपटक आउँदा भने काठमाडौंमा 'फ्यान मिट' गर्ने उनले बताएकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell