PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे अनिल केशरी शाह



पहिलोपोस्ट

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे अनिल केशरी शाह

काठमाडौं : पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। आज पहिलो वार्षिकोत्सवको अवसर पारेर पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबिच सभापति रवि लामिछानेले शाहलाई पार्टी प्रवेश गराएका हुन्।

शाहलाई रास्वपाको प्रशिक्षण विभाग प्रमुख बनाइएको छ। १७ वर्ष बैंकको सीइओ बनेका शाह गत वर्ष ३२ वर्षे बैंकिङ करियरबाट बिदा भएका थिए।

पहिलोपटक सीइओका रूपमा उनी नबिल बैंकमा थिए। त्यसपछि उनी मेगा बैंकको सीइओका रूपमा दुई कार्यकाल रहे। फेरि नबिलमै फर्किएर उनले दोस्रो कार्यकाल पूरा गरेका थिए।

पढ्नुस : १७ वर्ष सीइओ बनेका ‘अनिल शाह’ ३२वर्षपछि बैंकिङबाट बिदा हुँदै, दोस्रो इनिङमा नेतृत्व सिकाउने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell