PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

मोर्चामा बाबुराम नअटाएकोबारे उपेन्द्र : ठीकै भएको छ कि जस्तो छ



पहिलोपोस्ट

मोर्चामा बाबुराम नअटाएकोबारे उपेन्द्र : ठीकै भएको छ कि जस्तो छ
फाइल फोटो : रासस

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा बाबुराम भट्टराईलाई आफूले समाजवादी मोर्चामा कहिल्यै नदेखेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यादवले बाबुरामको एक्लै हिड्ने बानी भएकोसमेत तर्क गरे। 

'बाबुरामलाई देखेको पनि छैन मोर्चामा। न हामीले समातेको हो, न हामीले छाडेको हो,' यादवले भने, 'बाबुरामजीको एक्लै हिड्ने बानी छ। त्यल्ले गर्दा ठीकै भएको छ कि जस्तो छ।'

पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम समाजवादी मोर्चाका सुत्राधारका रुपमा हेरिएको छ। यद्यपि उपेन्द्रकै कारण उनी मोर्चामा नअटाइएको आरोप छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell