PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालले टस जित्यो, वेस्ट इण्डिज ब्याटिङमा



पहिलोपोस्ट

नेपालले टस जित्यो, वेस्ट इण्डिज ब्याटिङमा
Photo : ICC

काठमाडौं : क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबमा कप्तान रोहित पौडेलले टस जितेर वेस्ट इण्डिजलाई ब्याटिङको निम्ता दिएको हो।

अघिल्लो खेलमा अमेरिकासँग खेलेको प्लेइङ ११ नै वेस्टइण्डिज विरुद्ध उत्रँदैछ। नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा जिम्बावेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। नेपाली सिनियर टोलीले पहिलो पटक विश्वकप विजेता टोली वेस्टइण्डिजसँग खेल्न लागेको हो। 

नेपाललको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell