PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

समाजवादी मोर्चाबारे रवि लामिछाने : सबै मोर्चा तोडेर हामीले उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको हो नि!



पहिलोपोस्ट

समाजवादी मोर्चाबारे रवि लामिछाने : सबै मोर्चा तोडेर हामीले उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको हो नि!
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजवादी मोर्चाबारे आफूले धेरै टिप्पणी नगर्ने बताएका छन्। पार्टीको पहिलो वार्षिकोत्सवमा वनस्थलीस्थित नयाँ पार्टी कार्यालयमा सञ्चार कर्मीले उनलाई समाजवादी मोर्चा र गठबन्धनबारे प्रश्न राखेका थिए।

'दलहरुले गठबन्धन चुनावमा गरेका हैनन् र? डा स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरी हेर्दा हुन्छ। दलहरुका लागि मोर्चा नयाँ होला,' गठबन्धन र मोर्चा रास्वपाका लागि नयाँ नभएको उल्लेख गर्दै लामिछानेले भने, 'मोर्चा हाम्रा लागि नयाँ होइन। घोषित अघोषित सबै मोर्चा तोडेर हामीले उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको हो।'

सभापति लामिछानेले एक वर्षको यात्रा सकारात्मक रहेको र संसदमा अझ मर्यादित भएर अघि बढ्नेसमेत बताए। 'एक वर्षको यात्रा अन्यन्तै सकरात्मक रह्यो,' उनले भने, 'संसदमा अझ बढी मर्यादित हुन्छ र प्रभावशाली प्रस्तुत दिन्छौ।'

पार्टीका लागि आमनागरिकसम्म पुग्नु अहिलेको चुनौती रहेको लामिछानेको भनाइ थियो। 'हामी आमनागरिकसम्म पुग्नुछ। हाम्रो चुनौती यही हो,' उनले भने, 'संगठनलाई ठुलो बनाउनु अर्को चुनौती हो। हामी गन्तव्यमा पुग्छौं। संगठन विस्तारका धेरै काम बाँकी छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell