PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

‘लियो’ को पोस्टर ‘गेम अफ थ्रोन्स’बाट प्रभावित हो?



पहिलोपोस्ट

‘लियो’ को पोस्टर ‘गेम अफ थ्रोन्स’बाट प्रभावित हो?

थलापति विजयको जन्मदिनको अवसरमा दक्षिण भारतीय फिल्म ‘लियो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सो पोस्टरमा थलापति एक्सन अवतारमा देखिएका छन्।

यसैबिच, थलापति फिचर्ड पोस्टरलाई फ्यानहरुले हलिउड फिल्मको नक्कल भनेर आलोचना गरिरहेका छन्। वेब सिरिज ‘गेम अफ थ्रोन्स’ र ‘लियो’ को 'कोलाज' बनाएर नेटिजन्सहरुले तुलना गरिरहेका हुन्।

लियोको तस्विर सिरिज ‘गेम अफ थ्रोन्स’ सँग पोस्टरमा देखाइएको 'एक्सन' मिल्दोजुल्दो रहेको भन्दै टिप्पणी भइरहेको छ।

लोकेश कनगराज निर्देशन रहने यस फिल्ममा विजय, तृषा, संजय दत्त, प्रिया आनन्द, सैन्डी, गौतम वासुदेव मेनन, मन्सुर अली खान लगायतको अभिनय छ। यस फिल्मलाई दिपावलीमा रिलिज हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell