
‘आदिपुरुष’ को निर्माण टिमले फिल्मका केही संवाद परिवर्तन गरेको छ। फिल्ममा समावेश केही संवादहरुको आलोचना भएपछि परिवर्तन गरिएको हो।
फिल्ममा समावेश चार संवादहरुलाई परिवर्तन गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अब फिल्ममा ‘कपडा तेरे बापका, तेल तेरा बापका, आग तेरा बापका तो जलेगी बी तेरी बापकी’ संवादहरु सुन्न पाइनेछैन।
यस्तै संवाद र रामको अपमान गरेको भन्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा समेत रिट परेको थियो। हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरेका थिए।
यी संवादमा गरिएको छ परिवर्तन
पहिले: कपडा तेरे बापका ! तेल तेरे बापका ! जलेगी भी तेरे बापकी।
अहिले:कपडे तेरी लंकाका, तो जलेगी भी तेरी लंकाकी
पहिले: जो हमारी बहनौंको हाथ लगाएंगे हम उनकी लंका लगा देंगे
अहिले: जो हमारी बहनौंको हाथ लगाएंगे, हम उनकी लंका मै आग लगा देंगे
पहिले: मेरे एक सपोले ने तुम्हारे इस शेषनागको लम्बा कर दिया
अहिले: मेरे एक सपोले ने तुम्हारे इस शेषनागको समाप्त कर दिया
पहिले: तू अंदर कैसे घुसा, तू जानता भी है कौन हूं मैं
अहिले: तुम अंदर कैसै घुसे, तुम जानते भी हो कौन हूं मैं