PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एनएमबी बैंकले ल्यायो ‘वि च्याट पे’ सेवा, चिनियाँ पर्यटकले ‘क्यूआर कोड’बाट सिधै भुक्तानी गर्न सक्ने



पहिलोपोस्ट

एनएमबी बैंकले ल्यायो ‘वि च्याट पे’ सेवा, चिनियाँ पर्यटकले ‘क्यूआर कोड’बाट सिधै भुक्तानी गर्न सक्ने

पोखरा : बाह्य पर्यटकलाई डिजिटल माध्यमबाट सहज सेवा पुर्‍याउन एनएमबी बैंकले ‘वि च्याट पे’ सेवा सुरु गरेको छ। चिनियाँ पर्यटकलाई लक्षित गर्दै बिहीवारबाट ‘वि च्याट पे’को क्यूआर कोड सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ।

‘वि च्याट पे’ नेपालमा सुरु भएसँगै नेपाल आएका चिनियाँ पर्यटकले भुक्तानी गर्नुपरेमा ‘क्यूआर कोड’ स्क्यान गरी ‘वि च्याट वालेट’बाट भुक्तानी गर्न सक्नेछन्। यसले व्यवसायलाई अवसरको बाटो खोलेको नेपालका लागि चिनियाँ राजदुत छेन सोङले बताए।

‘अबदेखि चिनियाँ पर्यटकले खानादेखि ट्याक्सीको बिल स्मार्ट फोनबाट तिर्न सक्छन्। नयाँ मोडलको भुक्तानीले व्यवसायलाई अवसर खोलेको छ,’ उनले भने।

एनएमबीले ‘वि च्याट पे’ सेवा विस्तार गरेसँगै नेपाल-चिन सम्बन्ध थप प्रगाढ हुने विश्वास रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए। यस्तै, सेवा विस्तारसँगै तथ्यांक सुरक्षा चुनौती रहेको उनको भनाइ छ।

‘औपचारिक रुपमा सेवा सञ्चालनमा आएसँगै चुनौती थपिएको छ। दुवै पक्षका व्यक्तिगत तथ्यांक सुरक्षित राख्नु जिम्मेवारी र चुनौती हुन्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell