PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पुरन र होपको साझेदारी बन्दा वेस्ट इण्डिजले नेपाललाई दियो विशाल लक्ष्य, ललितले लिए ३ विकेट



पहिलोपोस्ट

पुरन र होपको साझेदारी बन्दा वेस्ट इण्डिजले नेपाललाई दियो विशाल लक्ष्य, ललितले लिए ३ विकेट

काठमाडौं : क्रिकेट विश्वकप छनोट अन्तर्गतको खेलमा वेस्ट इण्डिजले नेपालसामू ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको हो।

वेस्ट इण्डिजका ओपनर केल मेयरको पहिलो विकेट लिँदै करण केसीले नेपालको सुखद सुरुवात गराए। केसीले उनलाई खेलको १.३ ओभरमा कुशल भुर्तेलबाट क्याच आउट गराए।

दोस्रो विकेट गुलसन झाले लिए। उनले ४.१ ओभरमा जोनसन चार्ल्सलाई आशिफ शेखबाट क्याचआउट गराए। त्यतिबेला स्कोर बोर्डमा वेस्ट इण्डिजले ९ रन बनाएर २ विकेट गुमाएको थियो।

तेस्रो विकेट सन्दीप लामिछानले लिए। उनले ३२ रन बनाएका ब्रान्डन किंगलाई १५.३ ओभरमा बोल्ड आउट गराए। त्यसपछि आएका निकोलस पुरनले कप्तान साइ होपसँग साझेदारी गर्दै वेस्ट इण्डिजको इनिङ्स उकासे। उनले होपसँग १७२ बलमा २१६ रनको साझेदारी बनाए। उनीहरुको बीचको साझेदारी तोड्न नेपाली बलरले संघर्ष गरे। उनीहरु बीचको साझेदारी दीपेन्द्रसिंह ऐरीले तोडे। ऐरीले ४३.६ ओभरमा निकोलस पुरनको विकेट लिए। पुरनले ९४ बलमा ११५ रन बनाए।

त्यस्तै रोभनम पावेललाई छैटौँ विकेटका रुपमा ललित राजवंशीले ४७.१ ओभरमा आउट गराए। त्यस्तै शतकीय इनिङ्स खेल्दै सर्वाधिक १३२ रन बनाएका साइ होपलाई ४९.२ ओभरमा राजवंशीले नै आउट गराए। उनले अन्तिम बलमा १ रन जोडेका किमो पउललाई बोल्डआउट गरे।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए। नेपालका लागि करण केसी सबैभन्दा महँगो सावित भए। उनले १० ओभरमा १ विकेट लिएर ८१ रन दिए।

नेपाल केहिबेरमा नेपाल जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell