PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

श्रीमती हुँदाहुँदै अर्को विवाह गरिरहेका व्यक्ति मण्डपबाटै पक्राउ



पहिलोपोस्ट

श्रीमती हुँदाहुँदै अर्को विवाह गरिरहेका व्यक्ति मण्डपबाटै पक्राउ

काठमाडौं : श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी-१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

गौरादह-२ झापाकी एक युवतीसँग विवाह गरि अन्माउने बेलामा प्रहरी पुगेको थियो। चौधरीकी श्रीमतीको उजुरीका आधारमा उनलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell