PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सबै प्रदेशमा वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान



पहिलोपोस्ट

सबै प्रदेशमा वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : शुक्रवार बिहान देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू-भागमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशभर आंशिक देखि सामान्य बदली  रहेको सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, वाग्मती, गण्डकी तथा सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell