PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मोदीको क्रिकेट कूटनीति : अमेरिकी क्रिकेट टोलीलाई 'क्‍वालिफाइ' भएर भारतमा विश्वकप खेल्न आउन दिए शुभकामना



पहिलोपोस्ट

मोदीको क्रिकेट कूटनीति : अमेरिकी क्रिकेट टोलीलाई 'क्‍वालिफाइ' भएर भारतमा विश्वकप खेल्न आउन दिए शुभकामना

अहिले नेपालसहित १० राष्ट्र अहिले विश्वकप क्रिकेट क्यालिफायर खेल्दैछ। जसमा वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल र अमेरिका ‘ग्रुप ए’मा  छन्। ओमन, श्रीलंका, स्कटल्याण्ड, आयरल्याण्ड र युएई ‘ग्रप बि’ मा छन्।

क्यालिफायरका खेल चल्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन आयोजना गरेको स्टेट डिनरमा मोदीले सम्बोधनका क्रममा क्रिकेटको प्रसंग निकाले।

उनले हाल क्वालिफायर खेलिरहेको अमेरिकी क्रिकेट टोलीलाई भारतमा हुने क्रिकेट विश्वकपमा ‘क्‍वालिफाइ’ भएर आउन शुभकामना दिए। अमेरिकामा बेसबलसँगै क्रिकेट पनि लोकप्रिय भइरहेको भन्दै मोदीले भारतमा हुने विश्वकपमा अमेरिकी टोलीलाई ‘क्‍वालिफाइ’ हुन शुभकामना दिएका हुन्।

नेपाल सहित 'समूह ए'मा रहेको अमेरिका हाल अंकतालिकाको पुछारमा रहेको छ। ३ खेल खेलेको अमेरिकाले कुनै खेल जित्न सकेको छैन। अमेरिकाको सुपर सिक्स हुँदै भारतमा हुने विश्वकपमा ‘क्‍वालिफाइ’ हुने सम्भावना छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell