PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

गोरखामा जिप दुर्घटना, पाँच जनाको मृत्यु



पहिलोपोस्ट

गोरखामा जिप दुर्घटना, पाँच जनाको मृत्यु
प्रतिकात्मक तस्विर

काठमाडौं : गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्।

दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घट्ना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो। अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्।

मृतकको पहिचालन खुल्न नसकेको डिएसपी लामिछानेले बताए। जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell