PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेको पनडुब्बामा सवार पाँचैजनाको मृत्यु



पहिलोपोस्ट

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेको पनडुब्बामा सवार पाँचैजनाको मृत्यु
Photo : Reuters

टाइटानिकको भग्नावशेष हेर्न अटलान्टिक महासागरमा पसेको पनडुब्बीमा सवार सबै जनाको मृत्यु भएको छ।

आइतवार क्यानडाको न्यूफाउन्डल्यान्डको समुद्री तटबाट टाइटानिकको भग्नावशेष हेर्न सो पनडुब्बी निस्किएको थियो। आइतवार नै सो पनडुब्बी बेपत्ता भएपछि खोजी भइरहेको थियो। अमेरिकी कोस्टगार्डका अनुसार पनडुब्बीको भग्नावशेष फेला परेको छ।

पनडुब्बीमा पाकिस्तानी अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यवसायी हामिश हार्डिग, पनडुब्बी संचालक कम्पनी ओशनगेटका सिइओ स्टाकन रश र फ्रान्सका पल आनरी पनि थिए। उनीहरु पाँचैजनाको मृत्यु भएको अमेरिकी कोस्टगार्डले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell