PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'कार्साङ'मा भित्रिए बुद्धि तामाङ



पहिलोपोस्ट

'कार्साङ'मा भित्रिए बुद्धि तामाङ

काठमाडौं : यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन्। तामाङ यस फिल्ममा निर्माताका रुपमा पनि जोडिएका छन्।

दयाहाङ राई पनि यस फिल्मका लागि फाइनल भइसकेका छन्। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ। फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुनेछ।

सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell