PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

काठमाडौं महानगरका हलहरुमा पुनः प्रदर्शन हुन थाल्यो भारतीय फिल्म



पहिलोपोस्ट

काठमाडौं महानगरका हलहरुमा पुनः प्रदर्शन हुन थाल्यो भारतीय फिल्म

काठमाडौं : नेपाली सिनेमा हलहरुमा आजबाट भारतीय फिल्महरुको प्रदर्शन पुनः सुरु भएको छ। उच्च अदालत पाटनले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएसँगै हिन्दी फिल्म प्रदर्शनको बाटो खुलेको हो।

महानगरका अधिकांश हलहरुले हिन्दी फिल्म ‘जरा हटके जरा बचके’ प्रदर्शन गरेका छन्। मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायतका हलहरुले विक्की कौशल र सारा अली खान अभिनित ‘जरा हड्के जरा बचके’ को पुन: प्रदर्शन गरेका छन्।

उच्च अदालतबाट अन्तरिम आदेश आएपछि भारतीय फिल्महरुको प्रदर्शन सुरु गरेको सीडीसी सिनेमाजका हल व्यवस्थापक जीवन शाक्यले जानकारी दिए।

‘अदालतको आदेश आएपछि हामीले आदिपुरुषबाहेकका हिन्दी फिल्महरु चलाउने भएका हौँ। अदातलको आदेशको मान राख्दै आजबाट शोहरु राखेका छौँ,’ उनले भने।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले  ‘आदिपुरुष’मा सीतालाई भारतकी छोरी भन्ने संवाद रहेको भन्दै हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका थिए। त्यसपछि हल सञ्चालकहरु बालेनविरुद्ध उच्च अदालत गएका थिए।

उच्चले ‘हिन्दी फिल्म चलाउन दिनू’ भन्दै बिहीवार अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर बालेनले अदालतको आदेश नमान्ने भन्दै हिन्दी फिल्म चलाउन चदिने फेसबुकमा उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell